Logo

रावलसहित १० नेताको हरबिजोग भएको माधव नेपालको टिप्पणी



सिन्धुपाल्चोक, ६ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाड्ने नेताहरुको नेकपा एमालेमा हरबिजोग भएको टिप्पणी गरेका छन् । उनले एमाले उपाध्यक्ष भीम रावलसहित १० मुख्य नेताहरुतर्फ संकेत गर्दै १० बुँदेको रटान लगाएकाहरुको हरबिजोग भएको टिप्पणी गरेका हुन् ।

‘१० बुँदे भन्नेहरुको कस्तो हरबिजोग भयो !’ सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले भने, ‘केपी ओलीको आदेश पालना नगर्नेलाई कस्तो गरिन्छ सुन्नुभयो !’ ओलीले कसैको पनि मर्यादा नगर्ने गरेको भन्दै वाध्य भएर विद्रोह गरेको बताए ।

ओलीको आदेश पालना गर्नेले मात्र स्वावासी पाउने गरेको बताए । आदेश पालना नगर्नेलाई ट्याउँ ट्याउँ गरेको भन्ने गरेको बताए ।

नेकपा एमालेको नाम नलिई पार्टी आफूहरुले बनाएको इतिहास सुनाए । उनले पार्टी बनाउँदा को कहाँ थियो हेक्का राख्न चुनौती दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्