Logo

प्रधानमन्त्री देउवाले आज पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने



काठमाडौं, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज प्रदेश नम्बर १ पुग्ने भएका छन् ।

केहि दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र स्थलगत अवलोकन गर्न देउवा आज सुनसरी, इलाम र पाँचथर पुग्ने भएका छन् । अवलोकनका क्रममा क्षतिको जानकारी लिने र पीडितहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा अहिले केहिबरेमा हेलिकोप्टरमार्फत सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी वल मुख्यालय बराह वाहिनी पुग्ने भएका छन् । त्यसपछि इलाम र पाँचथरमा पहिरोगस्त क्षेत्रको हवाइ अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवाले इलाम र पाँचथरको सीमाना राके बजारका बाढी पीडितलाईसमेत सम्बोधन गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्