Logo

६० करोड टाउकोको मूल्य तोकिएका ‘ड्रग लर्ड’ यसरी पक्राउ परे



एजेन्सी, ७ कात्तिक । कोलम्बियामा ‘ड्रग लर्ड’ डारियो एन्टोनिओ उसुगूलाई पक्राउ गर्न त्यहाँको सेना, प्रहरी र हवाई फौजलाई लामो समय लाग्यो । उनी रहेको स्थानबारे सूचना दिनेले मात्र ८ लाख डलर अर्थात् ९ करोड नेपाली रुपैयाँ बराबरको पुरस्कार पाए ।

उसुगूको टाउकाको मूल्य ५० लाख डलर अर्थात् झण्डै ६० करोड नेपाली रुपैयाँ तोकिएको थियो । अमेरिकाले उनको टाउकाको मूल्य तोकेको थियो ।

कोलम्ब्यिाका राष्ट्रपति इभान डुक्यूले टेलिभिजन सन्देशबाट उसुगूको पक्राउको जानकारी दिएका थिए । यसलाई सन् १९९० को दशकमा पक्राउ परेका पाब्लो एस्कोबारपछिको ठूलो उपलब्धि मानिएको छ ।

उसुगूको समूहले कोलम्बियाबाट अमेरिका लागूऔषध तस्करीको मार्ग नै नियन्त्रण गर्दै आएको थियो । उनी लामो समययता लुक्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्