Logo

स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै



काठमाडौं, कार्तिक ७ । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन्। भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुन शङ्कराचार्य नेपाल आउन लागेका हुन् ।

वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गर्न लागिएको हो ।

समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्