Logo

पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्षा अधिकारी



काठमाडौं, कार्तिक ७ । गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे मुख खोलेकी छन् । नायक शाहसंग जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरुको खण्डन गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेकी छन् ।

त्यस्ता समाग्रीले नायक शाहको करिअरमा समेत आच पु¥याउन खोजिएको उनको भनाई छ । ‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।

मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।’ उनले फेसबुकमा लेखेकी छन् ‘हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले समाचार लेख्दा निकै दुखी छु।’



प्रतिक्रिया दिनुहोस्