Logo

इंग्लिस प्रिमियर लिगः ब्राइटनमाथि सिटीको जित



काठमाडौं, ७ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १३औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।

खेलको २८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए । यस्तै, खेलको ३१औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाएका थिए । साथै, खेलको ८१औं मिनेटमा ब्राइटनका एलेक्सिस माकले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याएका थिए ।

खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै खेललाई ४–१ को अवस्थामा पुर्याउदै सिटीलाई जित दिलाए । यस जितसँगै सिटीले ९ खेलमा २० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्