Logo

बायर्न म्युनिखको फराकिलो जित



काठमाडौं, ७ कात्तिक । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले होफनहायनमाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे ।

खेलको १६औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ३०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ८२औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए थिए ।

साथै, खेलको ८७औं मिनेटमा किङ्स्ले कोमानले गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै बायर्नले ९ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । होफनहायन ११ अंकका साथ १० औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्