Logo

एयर होस्टेसहरुले बीच बाटोमै कपडा फुकालेर विरोध जनाएपछि…



एजेन्सी, ७ कात्तिक । इटलीको ध्वजबाहक विमान ‘एयर इटालिया’का प्ररिचारिका (एयर होस्टेस)हरुले इटलीको राजधानी रोममा विरोध प्रदर्शन जनाएकी छिन् । उनीहरुले बेराजगारी र तलब कट्टा गरि दिएको कारण उनीहरुले गत साता रोममा विरोध प्रदर्शन जनाएकी हुन् । विरोध प्रदर्शनमा करिब ५० एयर होूटेसहरुले उक्त विषयमा विरोध जनाएको सीएनएनले उल्लेख गरेका छ ।

उनीहरुले आफ्नो कम्पनीको कपडा बीचबाटो मै फुकालि भित्री बस्त्र लगाइ विरोध गरेको जनाइएको छ । विरोध बेरोजगारी र समय अगावै कन्ट्रेक्ट खारेज भएको परिचारिकाहरुले मात्र प्रदर्शन गर्न पाउने नियम लगाइएको छ । कम्पनीका अनुसार कार्यरत कर्मचारीहरुले तोकिएको तलबभन्दा कम पाइरहेको छ । इटली ध्वजबाहक विमानका अध्यक्ष अलफ्रेडो अल्टाभिलले यो राष्ट्रिय लाजको विषय रहेको जनाएको छ । एयरलाइन्सले आफ्नो ११० मध्ये ५२ विमानलाई सञ्चालनमा ल्याएको छ ।

Photo: Agency



प्रतिक्रिया दिनुहोस्