Logo

भारत र पाकिस्तानबीचको बहुप्रतिक्षीत खेल आज हुँदै, कस्ले मार्ला बाजी ?



काठमाडौं, ७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् ।

दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोलीबीच करिब २ वर्षपछि आज खेल हुन लागेको हो । यसअघि सन् २०१९मा खेलेका दुई टोलीले आज प्रतिस्पर्धा गर्दैछन् । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एकै समूहमा रहेका छन् ।

दुवई अन्तराष्ट्रिय स्टेडियममा हुने यस खेललाई विश्व क्रिकेटले नै निकै चाँसोको रुपमा हेरेको छ । खेल राति नेपाली समय अनुसार ८ बजे सुरु हुनेछ । टी–ट्वान्टी विश्वकप अन्तर्गत अहिलेसम्म ५ खेलमा सबैमा पाकिस्तान भारतसँग पराजित भएको छ ।

आज हुने बहुप्रतिक्षीत खेलमा पाकिस्तान आफ्नो पराजित यात्रालाई तोड्दै जित निकाल्न चाहान्छ भने भारत आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ । पछिल्लो समय पाकिस्तानले टी–ट्वान्टी क्रिकेटमा गरेको प्रदर्शन हेर्दा पाकिस्तान त्यति कमजोर देखिदैन् । तर, भारत पनि बलियो टोलीका साथ मैदान उत्रीएर प्रतियोगितामा सुखद सूरुवात गर्न चाहान्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्