Logo

इंग्लिस प्रिमियर लिगः चेल्सीको सहज जित



काठमाडौं, ७ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित निकालेको हो । खेलको ८औं मिनेटमा मासन माउन्टले गोलगर्दा चेल्सीले सुरुवाति अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा कलुम हुड्सनले गोल गर्दा चेल्सीले अग्रतालाई दोब्बर बनाएका थिए ।

यस्तै, ४२औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई ३–० को अवस्थामा पुर्याएका थिए । खेलको ५७औं मिनेटमा बेन चिलवेलले गोल गर्दा खेल ४–० को स्थितीमा पुग्यो । खेलको ६२औं मिनेटमा म्याक्स आरोन्सले आत्मघाती गोल गर्दा चेल्सीले ५–० को अग्रता बनायो । खेलको ८५औं मिनेटमा माउन्टले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६–० को अवस्थामा पुग्यो ।

त्यस्तै खेलको इन्जुरी समयमा माउन्टले ह्याट्रिक गर्दै चेल्सीलाई ७–० को जित दिलाए । जितसँगै चेल्सीले ९ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्