Logo

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ लाख नाघ्यो, ७६ हजारको गम्भिर अवस्थामा उपचार हुँदै



एजेन्सी, ७ कात्तिक । चीनको बुहानबाट करिब २ वर्ष अगाडी सुरु भएको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । हालसम्म संक्रमणकै कारण ४९ लाख बढीले ज्यान गुमाईसकेको छन् ।

हाल विश्वभर २४ करोड ४१ लाख ३३ हजार २५९ जना कोरोना संक्रमित रहेका छन् भने संक्रमित मध्ये २२ करोड ११ लाख ९७ हजार ३१५ जना संक्रमणमुक्त भइसकेको छन् । वल्डोमिटरको अनुसार हाल १ करोड ९७ लाख ६ हजार ३१६ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै, ४९ लाख ५९ हजार ६२८ जनाको संक्रमणबाटै मुत्यु भइसकेको छ । यसैगरी, संसारभर ७६ हजार १८ जना संक्रमितको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्