Logo

‘यदि मलाई पार्टीबाट निश्काषन गर्छु भनेर कसैले सोचेको छ भने त्यो हाँस्यास्पद हो’ : भीम रावल (भिडिओसहित)



काठमाडौं, ७ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले यदि आफूलाई पार्टीबाट निश्काषन गर्छु भनेर कसैले सोचेको छ भने त्यो हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले नै १० बुँदे कार्यान्वयन गर्न नचाहेकोले आफूले कार्यदलबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनले आफूहरुले १० बुँदे कार्यान्वयनमा सहजीकरण गरेको सुनाए । उनले भने,‘यदि उहाँ अध्यक्षले मैले काम गर्न नसकेर भागेको भनेर भनेको हो भने त्यो गलत हो । १० बुँदे सहमति त पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय भैसकेको थियो । तर, अध्यक्ष स्वयमले दश बुँदे कार्यान्वयनको सन्दर्भमा अब यसको आवश्यकत्ता छैन भनेर भनेपछि मैले असन्तुष्टि राखेर राजीनामा दिएको हुँ ।’



प्रतिक्रिया दिनुहोस्