Logo

अमेरिकामा कोरोना संक्रमितको पछिल्लो स्थिति कस्तो छ ?



एजेन्सी, ७ कात्तिक । नेपालमा केही महिनादेखि कोरोना भाइरस संक्रमणदर घट्दै गइरहेको छ । कोरोना भाइरसले सबैभन्दा धेरै क्षति पुर्याएको राष्ट्र हो–अमेरिका ।

अमेरिकामा हालसम्म ४ करोड ६२ लाख ९४ हजार २१० जना सक्रमित भएका छन् भने संक्रमित मध्ये ३ करोड ६० लाख ३३ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

वल्डोमिटरको अनुसार, अमेरिकामा ७ लाख ५६ हजार २०५ जना संक्रमितको हालसम्म मृत्यु भइसकेको छ । यसैगरी, ९५ लाख ४ हजार बढी संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, १३ हजार ८१७ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।

हाल विश्वभर २४ करोड ४१ लाख ३३ हजार २५९ जना कोरोना संक्रमित रहेका छन् भने संक्रमित मध्ये २२ करोड ११ लाख ९७ हजार ३१५ जना संक्रमणमुक्त भइसकेको छन् । वल्डोमिटरको अनुसार हाल १ करोड ९७ लाख ६ हजार ३१६ जना संक्रमित उपचाररत रहेका छन् । त्यस्तै, ४९ लाख ५९ हजार ६२८ जनाको संक्रमणबाटै मुत्यु भइसकेको छ । यसैगरी, संसारभर ७६ हजार १८ जना संक्रमितको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्