Logo

चर्चित व्यवसायी दुर्गा प्रसाई आज ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दै



काठमाडौं, ७ कार्तिक । चर्चित व्यवसायी दुर्गा प्रसाई आज एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादी केन्द्रले कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रुष्ट बन्दै आएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईसहित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् ।

प्रसाईले पनि आफूसहित विभिन्न पार्टीका चार हजारको संख्यामा नेता/कार्यकर्ताले एमाले प्रवेश गर्ने जानकारी दिए । प्रसाईकै पहलमा यसअघि ओली र दाहालबीच पार्टी एकताबारे सहमति भएको चर्चा छ । त्यतिवेला दुवै नेताले प्रसाईको घरमा मार्सी चामलको भात खाएको समेत तस्विर सार्वजनिक भएको थियो ।

प्रसाईले झापामा अब माओवादीको नामो निशाना नरहने र पत्तासाफ हुने पनि सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । उनी प्रचण्डसँग निकट मानिन्थे । तर, पछिल्लो समय एमाले र माओवादी केन्द्र पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्