Logo

मन्त्री गहतराजद्धारा बंगलादेशमा जिमनास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई (फोटोफिचर)



काठमाडौं, ७ कार्तिक । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले बंगलादेशको बगबन्धु रंगशालामा हुने जिमनास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीलाई बिदाई गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै देश र जनताको मानसम्मान हुने गरि खेल खेल्न र जितेर आउन शुभकामना दिएका हुन् ।

आफ्नो देशका खेलाडीहरुको खेल र त्यसको सफलताबाट देशले गर्व गर्न सक्नुपर्ने भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई हौसला दिएका थिए । प्रतियोगिता कात्तिक ९ गतेदेखि सात दिनसम्म चल्नेछ । खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्दैछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्