Logo

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, प्रदेशसभा बैठक स्थगित् गर्न एमाले र कांग्रेसको निवेदन



काठमाडौं, ७ कार्तिक । प्रदेश नम्बर -१ मुख्यमन्त्री भीम आचार्यले आज विशवासको मत लिने भनिएको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक समेत भैसकेको छ । तर, आजको बैठक स्थगित गर्न प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा (एमाले) दुवैले आग्रह गरेका छन् ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेखेर कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।यसअघि नेपाली कांग्रेसले पनि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको थियो । file photo

 



प्रतिक्रिया दिनुहोस्