Logo

चोरी गरेको अभियोगमा युवक पक्राउ



धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्ने क्रममा चोरीमा संलग्नमध्ये मलिकलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्