Logo

राम्रो नतिजाको लागि टोली तयार छः मुख्य प्रशिक्षक महर्जन



काठमाडौं, ७ कात्तिक । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल राम्रो नतिजाको लागि तयार रहेको बताएका छन् ।

ताजिकिस्तानमा आज (आइतबार) भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले यस्तो बताएका हुन् । उनले भने,‘विपक्षी टोली राम्रो भएपनि आफुहरुले नतिजाका लागि सक्दो प्रयास गर्ने छौ ।’

साथै, प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको कारण टोलीले प्रयाप्त तयारी गर्न नसकेको पनि बताए । यस्तै, कप्तान तथा गोलकिपर अर्पण कार्कीले तयारी राम्रो गरेको भन्दै कडा प्रतिस्पर्धाका लागि तयार रहेको जानकारी दिए ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भोलि सोमबार इरानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोलीले तयारी स्वरूप शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल २–० ले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot