Logo

सिजनको पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको मैदानमा आज हुँदै



काठमाडौं, ७ कात्तिक । स्पेनिस ला लिगाको यस सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको खेल आज राती हुँदैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने यस खेल नेपाली समय अनुसार साँझ ८ः०० बजे सुरु हुनेछ ।

लिगमा अहिले दुवै टोलीले ८ खेल खेलीसकेका छन्, जसमा रियल बार्सिलोनाभन्दा २ अंकले अघि रहेको छ । रियल ८ खेलमा ५ जित, २ बराबरी र १ हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै, बार्सिलोना ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकका साथ सातौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाड ९ खेलमा २० अंक जाडेको छ ।

नयाँ सिजनमा रियल म्याड्रिडले राम्रो प्रदर्शन गर्दै आएको छ भने बार्सिलोना अझै लयमा फर्कन सकेको छैन । आज रियल बार्सिलोनालाई घरेलु मैदानमै हराउन प्रयास गर्नेछ । यस्तै, बार्सिलाना पनि घरेलु मैदानको भरपुर सदुपयोग गर्दै जित निकाल्न चाहान्छ ।



प्रतिक्रिया दिनुहोस्