Logo

आज ५५७ संक्रमित थप, ८ सय निको



काठमाडौं, ७ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ सय ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८७ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर बिधिबाट ५ सय २२ र एन्टिजेन विधिबाट ३५ जनामा आज संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्