Logo

आज थप ३ जनाको मृत्यु



काठमाडौं, ७ कात्तिक । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भाइरसका ५ सय ५७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ सय पुगेको हो ।

यसैगरी, आज ८ सय ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८७ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर बिधिबाट ५ सय २२ र एन्टिजेन विधिबाट ३५ जनामा आज संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्