Logo

मनरासिस्वा नगरपालिकाको पुनः मतगणनामा बहालवाला वडाध्यक्ष पराजित



जनकपुर, ७ कात्तिक । स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्यकाल अब ६ महिना मात्र बाँकी छ । साँढे ४ वर्ष जनप्रतिनिधिले कार्यकाल बिताइसकेका छन् । तर, अदालतको आदेशले पुनः मतगणना हुँदा हारेका भनिएका उम्मेदवार विजयी भएका छन् ।

घटना महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष रहेका अरुणकुमार चौधरी २ मतले पराजित धेरै छक्क परेका थिए । उनी यसअघि विजयी भएपनि पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ सय ६८ मत पाउँदा २ सय ६६ मत मात्र पाउन सफल भएका थिए ।

गत स्थानीय चुनावमा मतगणना हुँदा राय र चौधरीको बराबर २ सय ६६ मत थियो । गोलाप्रथाबाट चौधरी विजयी भएका थिए । सर्वोच्च अदालतको आदेशमा आइतबार पुनः मतगणना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्