Logo

पूर्व आईजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने तयारी



काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने सक्रिय राजनीतिमा लाग्ने भएका छन् ।

उनीनिकट स्रोतकाअनुसार खनाल यही कार्तिक १० गतेसम्म नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् ।

खनाललाई एमालेमा भित्र्याउनको लागि एमालेका प्रभावशाली नेताहरु पनि लागिपरेका छन् । खनाल तनहुँ क्षेत्र नम्बर १ का स्थायीवासी हुन । उनी आगामी निर्वाचनमा सोही क्षेत्रबाट उठ्नेसम्मको चर्चा छ । खनाल प्रहरी सेवामा हुँदापनि आफ्नो कामका कारण सधैं चर्चामा थिए । file photo



प्रतिक्रिया दिनुहोस्