Logo

टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतलाई सुरुमै झड्का



एजेन्सी, ७ कात्तिक । टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच रोचक भिडन्त भइरहेको छ । विश्वभर चासोका साथ हेरिएको प्रतिष्पर्धामा भारतलाई सुरुमै झड्का लागेको छ ।

ब्याटिङमा उत्रिएको भारतले ३ विकेट गुमाएको छ । भारतले रोहित शर्मा, के एल राहुल र सुर्यकुमार यादवलाई सुरुमै गुमाएको छ ।

भारतका लागि विराट कोहलीले कडा ब्याटिङ गरेर रन लिइरहेका छन् ।

दुबईमा जारी विश्वकपमा भारत र पाकिस्तान दुवै उपाधिको दाबेदार मुलुक हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot