Logo

गगन थापालाई नेकपा (एकीकृत समाजवादी) का युवा नेताले किन भने सिङ भाँचिन सक्छ भनेर ?



काठमाडौं, ७ कार्तिक । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले कांग्रेस नेता गगन थापालाई होक्काँ होक्काँ नगर्न सुझाव दिएका छन् । पछिल्लो समय नेता थापाले कांग्रेसले एक्लैले चुनाव लड्ने घोषणा गरेका थिए । त्यसलाई नै लक्षित गरेर पराजुलीले यस्तो भनेका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत पराजुलीले अहिलेको सरकार कांग्रेसको एकल सरकार नभएको भन्दै यो पाँच दलको आपसी सहकार्यको उच्चतम रुप भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्-

गठबन्धन बाध्यता होईन पाँच दलको दलिय समझदारी हो । मुलत गगन थापा जतिको युवा नेताले राम्रो सङ हेक्का राख्दा राम्रो र हितकर हुन्छ । तपाई जतिको व्यक्तित्वले अहिले नै होक्काँ होक्काँ गर्दा सिङ बाचिन सक्छ चेतना भया ।  संसद, संविधान,संघियता, धर्म निरपेक्षता जोगाउन बनेको समझदारीले गठबन्धन र सरकार निर्माण भएको हो ।

काङ्ग्रेसको एकल सरकार होईन अहिले बनेको सरकार यो त गठबन्धनको सम्झौता र समझदारी भित्र तोकिएको/लेखिएको पाँच दलको आपसी सहकार्यको उचतम रुप हो । यिनै भावको मुल मर्मलाई बोकेर सरकार/गठबन्धन संचालन गर्नु नै उचित र सबैको लागि हितकर हुनेछ । गठबन्धनले संविधान अनुरुप संचालित हुने कुरामा गठबन्धन दलभित्रका दलहरुले दुबिधा नराख्दा राम्रो हुनेछ । यो गठबन्धन बाध्यता होईन यो समझदारी र पाँच दलको सम्झौता र अहिलेको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्