काठमाडौं, ८ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गते १७औं वार्षिकोत्सवको अवसरमा देशभर साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ । देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म विभिन्न काकार्यक्रमहरु संचालन गर्ने योजना सार्वजनिक गरेको हो ।
बैंकले कार्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गरेको छ । कार्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने, कार्तिक ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम गर्ने, कार्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर संचालन गर्ने, कार्तिक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने, कार्तिक १२ गते विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गर्ने र कार्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ ।




प्रतिक्रिया