Logo

बार्सिलोना घरेलु मैदानमा स्तब्ध, रियल शिर्ष स्थानमा उक्लियो



काठमाडौं, ८ काक्तिक । सिजनको पहिलो ‘एल क्लासिको’मा बार्सिलोना घरेलु मैदानमै स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना रियलसँग २–१ गोल अन्तरले पराजित भएको हो । रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक-एक गोल गरे ।

बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । खेलको इन्जुरी समयमा लुकास भास्क्वेजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

यस्तै, खेलको इन्जुरी समयमा बार्सिलोनाका सर्जियो अग्युरोले गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो । तर, त्यो एक गोल जितका लागि प्रयाप्त रहन सकेन । यस जितसँगै रियल ९ खेलमा २० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, बार्सिलोना १५ अंक जोडेर ८औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्