Logo

ग्लोबल आइएमई बैंकको शाखा अब ललितपुरको मंगलबजारमा



काठमाडौं, ८ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्लामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका–१६, मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकको अनुसार, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा बैंकले महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्