Logo

नेप्सेद्धारा कुमारी बैंकको बोनश शेयरपछिको शेयर मुल्य समायोजन



काठमाडौं, ८ कात्तिक । कुमारी बैंकको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंकको ६ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी २६४ रुपैयाँ निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य २ सय ८० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको जनाएको छ ।

बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको कात्तिक १६ गते साधारण सभा हुने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्