Logo

इंग्लिस प्रिमियर लिगः युनाईटेडमाथि लिभरपुलको फराकिलो जित



काठमाडौं, ८ कत्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले युनाईटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । खेलको १३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । साथै, ३८औं मिनेटमा मोहमद सलाहले गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को अग्रता दिलाए । ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गर्दै लिभरपुललाई ५–० को शानदार जित दिलाए । खेलको ६०औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । लिभरपुल ९ खेलमा २१ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने युनाईटेड १४ अंकका साथ सातौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्