Logo

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश लाभांश वितरण गर्ने



काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको बैठकले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम भएको १० अर्ब ९६ करोड २२ लाख रुपैयाँको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र ० दशमलव ७५ प्रतिशत कर प्रयोजनको लागि गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृती दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्