Logo

नेपाल बैंकले गर्यो लाभांश प्रस्ताव, १७ प्रतिशत बोनस दिने



काठमाडौं, ८ कात्तिक । नेपाल बैंकले कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हाल कायम भएको चुक्तापुँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत कर प्रयोजनको लागि गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृती दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्