Logo

शीर्ष स्थानको पीएसजी गोलरहित बराबरीमा रोकियो



काठमाडौं, ८ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सिलेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी मार्सिलेसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीलाई मार्सिले खेलमा हावी हुन दिएन ।

खेलको १४औं मिनेटमा मार्सिलेका लाउन परेसले आत्मघाती गोल गरेको भएपनि अफसाइड देखिएपछि गोलले मान्यता पाउन सकेन । साथै, खेलको २०औं मिनेटमा मार्सेका आर्काडुइज मिलिकले गरेको गोलले पनि मान्यता पाएन ।

खेलको ५७औं मिनेटमा अचार्फ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै पीएसजीले ११ खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा कायमै रहेको छ भने मार्से १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्