Logo

सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने



काठमाडौं, ८ कात्तिक । सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमासमेत विभिन्न छुट दिने उद्देश्यले बैंकले देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलका नायव महाप्रबन्धक रितुराज शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा खाना र वेवरेजको खरिदमा बैंकको क्रेडिट र डेबिट कार्डबाट भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसको साथै केएफसी र पिज्जा हटका उपत्यका र बाहिरको १७ वाट शाखाहरुबाट छुटको लाभ लिन सक्ने छन् ।

 



प्रतिक्रिया दिनुहोस्