Logo

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्दै, रजिष्ट्रारमा एनआइबिएल एस



काठमाडौं, ८ कात्तिक । कृषि विकास बैंकले ‘कृषि ऋणपत्र’ निष्काशन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको उक्त ऋणपत्र निष्काशन गर्नलागेको हो । ऋणपत्र निष्कासनको लागि बैंकले एनआइबिएल एस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्