Logo

प्रधानन्यायाधीश जबराको राजीनामाले अहिलेको समस्या समाधान हुँदैन् : बारका कोषाध्यक्ष रुद्र पोखरेल (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले भोलिबाट नै सर्वोच्च अदालतमा गोलाप्रथा लागु हुने बताएका छन् । हिजो भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बारको प्रतिनिधिको भेटवार्तामा यस्तो सहमति बनेको हो ।

उनले भने,‘गोलाप्रथाको परीक्षण गर्ने हो, यसको लागि उहाँलाई सर्वोच्चको फूल कोर्टले नियम पास गरेर दिनुपर्छ, त्यो निर्देशिका हामीलाई पनि अध्ययनको लागि आएको छ । त्यसमा फूलकोर्ट सहमत भैसकेको छैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले १४ जना न्यायाधीशहरुले फूल कोर्ट बहिष्कार गरे आफूहरु सशक्त रुपमा विरोधमा उत्रिने पनि चेतावनी दिए । हिजोको बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा विचौलियाको चलखेल भएको भन्ने कुरा नाम नै किटान गरेर कुरा उठाएको पनि स्मरण गराए । उनले आज आफूहरुसहितको फूलकोर्ट बैठक बस्ने पनि विश्वास दिलाए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाले अहिलेको समस्याको समाधान नहुने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानन्यायाधीश जबरा गएपछि अहिलेको वरिष्ठताको हिसाबले हेर्ने हो भने दीपक कार्की प्रधानन्यायाधीश हुन्छन् । एउटा अटोमेशन कमिटीको चेयर गरेर रिपोर्ट दिन नसक्नेले कसरी नेतृत्व लिन सक्नुहुन्छ ?



प्रतिक्रिया दिनुहोस्