Logo

पार्टी कार्यालयमा तस्विर खिचाउँदै एमालेका तीन ‘विष्णु’



काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का तीन नेता विष्णु पौडेल, विष्णु रिमाल र विष्णु रिजालले आज पार्टी मुख्यालय थापाथलीमा सामूहिक तस्विर खिचएका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत उक्त तस्विर सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्–’आज नेकपा (एमाले) केन्द्रीय कार्यालयमा उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल र केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल ।’



प्रतिक्रिया दिनुहोस्