Logo

स्पेनिस ला लिगाः बरबरीसँगै सोसिडाड शीर्ष स्थानमा उक्लियो



काठमाडौं, ८ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड र एट्लेटिको मड्रिड बिचको खेल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेल २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा २ गोलले पछि परेको एट्लेटिकोलाई लुइस सुआरेजले बराबरी अवस्थामा पुर्याए ।

खेलको सातौं मिनेटमा एलेक्सजेण्डर सोर्लोथले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाए । खेलको ४८औं मिनेटमा एलेक्सजेण्डर इसाकले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए । तर, खेलको ६१औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को अवस्थामा ल्याए ।

साथै, खेलको ७७औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–२ को बराबरीमा ल्याउदै टोलीलाई हार बाट जोगाए । यस बराबरीसँगै सोसिडाडले १० खेलमा ६ जित र १ हारसँगै २१ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिको १८ अंकका साथ चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्