Logo

जन्मदिनमा बिकिनीको तस्विर शेयर गर्दै मल्लिकाले के भनिन्…



एजेन्सी, ८ कात्तिक । बलिउडकी बोल्ड तथा आकर्षक अभिनेत्री मल्लिका शेरावतले आइतबार जन्म दिन मनाएकी छिन् । मल्लिकाको जीवनशैली, फिल्ममा दिएको बोल्ड सिन र व्यक्तिगत जीवनलाई लिएर सधै चर्चा हुनेगर्छ । मल्लिकाको वास्तविक नाम रीमा लांबा हो ।

मल्लिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले प्राय आकर्षक र बोल्ड तस्विर शेयर गरेकी हुुन्छिन् । हिजो जन्मदिनको अवसरमा उनले फ्यानहरुलाई आफ्नो केही बिकिनी लगाएका तस्विरहरु शेयर गरेकी छिन् ।

तस्विरमा मल्लिकाले पहेलो रङको बिकिनी लगाएकी छिन् । उनले स्विमिङ पुलको नजिक बसेर केही पोज दिएको देखिन्छ । उनको शरिर निकै सुन्दर देखिएको छ ।

उनले तस्विर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘बर्थडे गर्ल, फिट र फेबुलस ।’ साथमा उनले केकको इमोटिकान पनि राखेकी छिन् ।
मल्लिका भर्खरै मात्र रिलिज भएको वेब सीरीज ‘नकाब’ मा देखिएकी थिइन् । उनले यो सीरीजमा इर्शा गुप्तासँग केही रमाइला सिन दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्