Logo

प्रधानन्यायाधीश जबराले राजीनामा दिन नपर्ने पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको भनाई (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले जुन देशको जुडिसिरी बलियो हुन्छ त्यो देशले छिटो प्रगति गर्ने बताएका छन् । उनले जहाँ रुल एण्ड ल छ, त्यहाँ विकास भएको पनि उनले स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको समस्या छलफल र सम्वादमार्फत नै गर्न सकिने पनि बताएका छन् ।

उनले सर्वोच्च अदालत भनेको पवित्र संस्था भएको भन्दै यसलाई प्यारालाईसिस गरियो भने राज्यको डेमोक्रेसी पनि जाने र जनताले न्याय प्राप्त गर्ने अधिकार पनि गुम्नसक्ने खतरा औंल्याए । उनले सर्वोच्च अदालत र नेपाली सेनाले आफ्नो मूल्य र मान्यतामा आधारित सर्भिस डेलिभरी गरिरहेको पनि सुनाए । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिने वा नदिने त्यो जबरामा निहित रहेको सुनाए ।

उनले दबाबकै कारणबाट राजीनामा दिन नहुने जिकिर गरे । उनले अहिलेको समस्या समाधान गर्नको लागि संस्थालाई बलियो बनाउनतिर लाग्नुपर्ने सुझाव दिए । उनले नेपालमा राजनीतिक अस्थिरता भएको कारण अदालतमा राजनीतिक हस्तक्षेप रहेको आफूले आभाष पाएको पनि सुनाए । उनले न्यायाधीश नियुक्ती प्रक्रिया नै डामाडोल रहेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्