Logo

तनहुँका दुई पालिकामा कोरोना दर शून्य



तनहुँ, ७ कात्तिक: तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

व्यासनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा तीन, भानु नगरपालिकमा तीन, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ र बन्दीपुरमा एक÷एकजना कोरोना सङ्क्रमित रहेका छन् । आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन् । वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण घट्दै गए पनि सुरक्षामापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र हिँड्डुल गर्न स्वास्थ्य कार्यालयले सर्वसाधारणमा आग्रह गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्