Logo

आयुष्मानकी श्रीमती ताहिराले आफ्नो छोरालाई होटलमै बिर्सिएको खुलाशा



एजेन्सी, ८ कात्तिक । बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आयुष्मान र ताहिराका दुई सन्तान छन्। उनीहरुको एक छोरा विराजवीर र एक छोरी वरुष्का छन् । भर्खरै एक अन्तर्वार्तामा ताहिराले आमाको रूपमा आफ्नो संघर्षको बारेमा कुरा गरेकी छिन् । यसै क्रममा ताहिराले चकित पार्ने खुलासा गरेकी छिन् ।

ताहिरा एकपटक आफ्ना साथीहरूसँग डिनर गर्न रेस्टुरेन्ट गएकी थिइन्, जहाँ उनले आफ्नो ५ महिनाको छोरालाई बिर्सेकी थिइन् । यसपछि रेस्टुरेन्टको वेटर दौडिएर उनको छेउमा आए र उनले आफ्नो बच्चालाई  रेस्टुरेन्ट मै बिर्सिएको बताए ।  लिफ्टमा सबैले उनलाई एकनजरले हेरे । त्यो क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् ।

अन्तर्वाताको क्रममा ताहिराले भनिन्, ‘मैले झोला वा बिल बिर्सिनँ तर मैले मेरो बच्चालाई बिर्सें। वेटर मकहाँ आएर भन्यो, तपाइँले आफ्नो बच्चालाई बिर्सनुभएको छ । मलाई धेरै लाज लाग्यो  र मानिसहरु मलाई हेरिरहेका थिए ।’

ताहिराले बच्चाहरुको स्कुली शिक्षाको बारेमा पनि कुरा गरिसकेकी छिन्। उनले भनिन्, ‘सार्वजनिक बिदाको दिन पनि छोराछोरीलाई स्कुल पठाउन गएको थिएँ र अब यी गल्ती रोकिए्, तर अहिले आफैँलाई माफी दिन्छु । म बिरामी भएको बेला जब मेरी आमाले उनीहरुको हेरचाह गर्नुभयो,  उनीहरुलाई लगातार दुई दिन सम्म बच्चाहरुलाई पनीर स्यान्डविच दिन्थे, म चिन्ता गर्दथे कि उनीहरु कती अस्वस्थ छन्, तर अब म सोच्दछु के फरक छ अब म ती चीजहरु छोडिदिन्छु।’

 



प्रतिक्रिया दिनुहोस्