Logo

पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते



पाँचथर, ८ कात्तिक । आज पाँचथरमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा बसमा सवार ५४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३७६५ नम्बरको बस सरेखण्डमा दुर्घटना भएको थियो । प्रहरीको अनुुसार दुर्घटना हुँदा घाइते भएका सबैको उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाउने काम भैरहेको छ । बस दुर्घटना हुँदा कति क्षति भयो हालसम्म एकिन भएको छैन् । घटनाको थप विवरण आउँन बाकी छ ।



प्रतिक्रिया दिनुहोस्