Logo

मोदीद्वारा एकसाथ ९ मेडिकल कलेजको उद्घाटन



एजेन्सी, ८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा ९ मेडिकल कलजेको उद्घाटन गरेका छन् । उनले आज भर्चुअल माध्यमबाट ९ मेडिकल कलेजको उद्घाटन गरेका हुन् ।

ती ९ मेडिकल कलजे करिब २,३२९ करोड भारतीय रुपैयाको लागतमा बन्ने भएको हो । ९ मध्ये ८ मेडिकल कलेजहरु केन्द्रको प्रायोजनमा बन्ने भएको जनाइएको छ भने एक मेडिकल कलेज राज्यनिहित बनेको समेत जनाइएको छ ।

राज्यको मेडिकललाई र त्यसको पूर्वाधारलाई उकास्न उक्त योजना केन्द्र सरकारले ल्याएको जनाइएको छ । उक्त योजना अन्तरगत पिछिडिएको समूदाय र विकट जिल्लालाई ध्यानमा राखि निर्माण हुने सञ्चारमाध्यमहरुमा उल्लेख छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot