Logo

पाँचथर बस दुर्घटनाः २ जनाको मृत्यु, १५ जनाको अवस्था गम्भिर



पाँचथर, ८ कात्तिक । आज पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा बसमा सवार एक महिला र बालकको सर्मपित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

४४ सिट क्षमता भएको बसमा ६५ जना यात्रु सवार थिए । बस दुर्घटनामा बसका ५४ जना यात्री घाइते भएका छन् । आज बिहान सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३७६५ नम्बरको बस सरेखण्डमा दुर्घटना भएको थियो ।

प्रहरीको अनुुसार दुर्घटना हुँदा घाइते भएका सबैको उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाउने काम भैरहेको छ । घटनाको थप विवरण आउँन बाकी छ ।

 



प्रतिक्रिया दिनुहोस्