Logo

शनिबार साझ बालिका बलात्कार गर्ने युवक पक्राउ



उदयपुर, ८ कात्तिक । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको हो ।

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्