Logo

अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गर्ने क्यानेडियन नागरिक पक्राउ



कास्की, ८ कात्तिक । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा विदेशी नागरिक पक्राउ परेका छन् । अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्