Logo

गोकुल बाँस्कोटाको टिप्पणी : थप षड्यन्त्रका लागि नयाँ नाटकको के अर्थ ?



काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानन्यायाधीश मात्रै नभएर सबै न्यायाधीशले देशलार्य राजनीतिक अस्थिरताको भूमरीमा फसाएको टिप्पणी गरेका छन् । पछिल्लो समय न्यायालयको विवाद चर्किरहेको बेला नेता बाँस्कोटाको यस्तो भनाई आएको हो ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन–”संबैधानिक अपब्याख्या मार्फत शक्तिपृथकीकरणको सिद्दान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थीरताको भंवरीमा फसाउने कुनै एक न्याधिस हैनन ती सबै हुन,जस्ले यल्लोप्यागोडा ग्र्याण्ड डिजाईन बैठकमा सहमती जनाए।अंशमा हैन समग्रमा समाधान खेज्नु आवश्यक छ।थप षड्यन्त्रका लागि नयां नाटकको के अर्थ ?”



प्रतिक्रिया दिनुहोस्