Logo

दादासाहेब फाल्के अवार्डबाट बलिउड सुपरस्टार रजनीकान्त सम्मानित



एजेन्सी, ८ कात्तिक । बलिउडका सुपरस्टार राजनीकान्त महत्वपूर्ण अवार्डबाट सम्मानित भएका छन् । उनी ६७ औँ संस्करणको नेश्नल फिल्म अवार्डमा दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएका हुन् ।

फिल्म जगतमा नायक, निर्माता, स्क्रिन लेखकमा पुर्याएको योगदानका कारण उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । यसअघि सन् २०१८ मा अमिताभ बच्चनले पाएका थिए । उक्त अवार्डबाट तीन वर्षदेखि कोहि सम्मानित हुन सकेको थिएन् । अवार्ड पाँच सदस्यीय टोलीले निर्धारण गर्ने व्यवस्था रहेको छ ।

उनी आफ्नो परिवारका साथ उक्त समारोहमा सहभागी भएका थिए । उनले अवार्ड पाएपछि भनेको विषयलाई सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘ड्यासमा उपस्थित सम्पूर्णलाई सम्मान गरेको छु । अवार्ड पाउँदा म निकै खुशी महसुस गरेको छु । मैल एक महत्वपूर्ण अवार्ड प्राप्त गर्न सफल भएको छु । म यस अवार्डप्रति केन्द्र सरकारलाई धन्यवाद दिन चाहन्छु ।’-Photo Source: The Hindu



प्रतिक्रिया दिनुहोस्