Logo

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट: आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै



काठमाडौं, ८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा आज अफगानिस्तान र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुन लागेको हो ।
सारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

आजको खेलमा अफगानिस्तान लगातारको जितलाई कायम राख्न चाहान्छ । यस्तै, पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको स्कटल्याण्ड पनि आजको खेलमा अफगानिस्तानलाई हराएर सुखद सुरुवात गर्न चाहान्छ । पछिल्ला खेलहरुमा दुबै टोलीको प्रदर्शन हेर्दा अफगानिस्तान बलियो अवस्थामा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्